Logo

प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसन र राष्ट्रिय इन्जिनियर संघबीच सहमति, निर्वाचनमा संयुक्त प्यानल बनाउने



काठमाडौं, २२ चैत्र । प्रमुख सत्तारूढ दल नेकपा (एमाले) को जनसंगठन प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसन र जनता समाजवादी पार्टी, नेपाल समर्थित राष्ट्रिय इन्जिनियर संघबीच आगामी वैशाखमा हुने चुनावमा गठबन्धन हुने भएको छ । आज दुई संगठनले चुनावमा संयुक्त प्यानल बनाउने सहमति गरेका हुन् ।

प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसनका अध्यक्ष ई. शम्भु बहादुर श्रेष्ठ र जसपा समर्थित संघका अध्यक्ष ई. भगवान झाले संयुक्त विज्ञप्ति जारी गर्दै केन्द्र तथा प्रदेशहरुमा संयुक्त रुपमा चुनावी तयारी गर्ने जानकारी दिएका हुन् । नेपाल इन्जिनियर्स एशोसियसनको ३३ औं केन्द्रीय कार्यकारिणी समिति तथा दोस्रो प्रदेृश कार्यकारिणी समितिको चुनाव वैशाख २४ मा हुँदैछ । उक्त सहमति समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईसमेत सहभागी थिए ।

हेरौं सहमतिपत्र :



प्रतिक्रिया दिनुहोस्