Logo

प्रधानमन्त्रीले त नयाँ जनादेशबाहेक अरु कुनै विकल्प छैन भनेर प्रष्ट भन्नुभएको छ : महन्थ ठाकुर (भिडिओसहित)



काठमाडौं, २३ चैत्र । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले केपी शर्मा ओली निर्वाचित प्रधानमन्त्री र निर्वाचित अध्यक्ष भएको र सरकारमा पनि ओली बहुमतको प्रधानमन्त्री भएको स्पष्ट पारेका छन् । उनले प्रधानमन्त्री ओलीले नयाँ जनादेशबाहेक अरु कुनै विकल्प छैन भनेर प्रष्ट रुपमा भनेको पनि स्मरण गराए ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धन बनाउने भनेर चर्चा चलेपनि अहिलेसम्म गठबन्धन नबनेको स्पष्ट पारे । उनले प्रधानमन्त्री ओलीको त लाईन स्पष्ट रहेको तर कांग्रेस र माओवादी केन्द्रको लाईन क्लियर नभएको पनि गुनासो पोखे ।

उनले कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने भनेर निर्णय गरेपनि त्यो कसरी सम्भव होला ? भन्दै प्रश्न गरे । उनले आफूसँग कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटवार्ता गरेको र गठबन्धन बनाउन आग्रह गरेको भएपनि आफूले पहिला तपाईँहरु क्लियर हुनुहोस भनेको पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम