Logo

आज सुनको मुल्य घट्यो



काठमाडौं, २३ चैत्र । आइतबार स्थिर रहेको सुनको मुल्य आज घटेको छ । सोमबार (आज) सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन आज ८६ हजार ७५० रुपैयाँमा खरिद विक्रि भएको महासंघले जनाएको छ ।

यसैगरी चाँदीको मुल्य पनि ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भएको छ । आइतबार प्रतितोला १२ सय ४० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस्