Logo

सिटिजन्स बैंकका ग्राहकलाई होटल एम्बासडरमा विशेष छुट



काठमाडौं, २३ चैत्र । सिटिजन्स बैंकका ग्राहकले होटल एम्बासडरमा विशेष छुट पाउने भएका छन् । बैंक र होटेल एम्बासडरबीच बैंकका कार्डबाहकलाई विशेष छुट दिने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

दुई कम्पनीबीच भएको सम्झौतापछि बैंकका कार्डबाहकहरुले होटेल एम्बास्डरको सेवा सुविधामा विशेष सुविधा पाउने भएका छन् । बैंकको अनुसार हालसम्म कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्टयान्ट कार्डको व्यवस्था गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्