Logo

कोरोना संक्रमित अक्षय कुमार अस्पताल भर्ना



एजेन्सी, २३ चैत्र । बलिउड कलाकार अक्षय कुमार केही दिन अगाडी कोरोना संक्रमित भएका थिए । केही दिन अगाडी सामाजिक सञ्जालमार्फत आफु संक्रमित भएको जानकारी दिएका अक्षय कुमारले आज अस्पतालमा भर्ना भएको ट्विट मार्फत जानकारी दिएका हुन् ।

उनले ट्विटमा लेखेका छन्, ‘म ठिक छु तैपनि अस्पताल जाने सल्लाह दिइएकोले मलाई भर्ना गरियो । म चाँडै फर्कने छु । तपाईहरु आफ्नो ख्याल राख्नु होला ।’ समाचार अनुसार अक्षय कुमारलाई मुम्बईको पवई इलाकामा रहेको डा.एचएल हिरानन्दानी अस्पतालमा भर्ना गरीएको छ । उनी पछिल्लो समयमा फिल्म राम सेतुको शुटिङमा व्यस्त थिए । सुटिङकै क्रममा उनी संक्रमित भएका हुन् ।

अक्षय कुमारसँग सम्पर्कमा आएका ७५ जनालाई कोरोना जाँच गर्दा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।



प्रतिक्रिया दिनुहोस्