Logo

कांग्रेसले आफ्नो नेतृत्वमा सरकार निर्माण गर्ने आन्तरिक निर्णय गरेर गल्ती गर्यो : राजेन्द्र महतो



काठमाडौं, २३ चैत्र । जनता समाजादी पार्टी, नेपालका प्रभावशाली नेता राजेन्द्र महतोले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने भनेर निर्णय गर्नु गलत भएको प्रतिक्रिया दिएका छन् । संसद् बैठकपछि बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै नेता महताले यस्तो बताएका हुन् । उनले वैकल्पिक सरकारका विषयमा सामूहिक छलफल नगरी निर्णय गरेकाले कांग्रेसलाई तत्कालै सहयोग गर्न नसकिने पनि टिप्पणी गरे ।

उनले भने,‘आफ्नो नेतृत्वमा अरुको सहयोगबिना सरकार नबन्ने परिस्थितिमा एकलौटी निर्णय गरेर कांग्रेसले गल्ती गरेको छ । जब आफ्नो एकल नेतृत्वमा सरकार बन्ने परिस्थिति छैन भने अरुसँग छलफल गर्नुप¥यो नि । कांग्रेसले आफ्नो नेतृत्वमा सरकार निर्माण गर्ने आन्तरिक निर्णय गरेर गल्ती ग¥यो । निर्णयपूर्व सामूहिक छलफल हुनुपर्थ्यो ।’ File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्