Logo

आज एकैदिन २ सय ६६ संक्रमित थपिए



काठमाडौं, २३ चैत्र । नेपालमा कोरोना भाइरसका आज एकैदिन २ सय ६६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ सय २ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७३ हजार ३ सय ४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्