Logo

लागुऔषधसहित एक पक्राउ



झापा, २३ चैत्र । आइतबार लागुऔषधसहित एकजना पक्राउ परेका छन् । कचनकबल गाउँपालिका–२ सुकुनाडिकी बस्ने २८ वर्षीय संजय लामालाई करिब ३० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र १ थान तराजु सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

त्यस्तै, उर्लाबारी नगरपालिका–३ थापा चोक बस्ने ३८ वर्षीय प्रेम धिमाललाई ४ किलो ८ सय ग्राम अवैध लागूऔषध गाँजा सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्