Logo

नेप्से १.१३ अंकले बढ्दा ७ अर्ब भन्दा बढीको कारोबार



काठमाडौं, २३ चैत्र । साताको कारोबारको दोस्रो दिन आज नेप्से १.१३ अंकले बढेर २६ सय ५८ दशमलब ७४ उच्च विन्दुमा पुगेको हो । त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि १.०९ अंकले बढेर ४७१.८४ विन्दुमा पुगेको हो ।

नेप्से परिसुचक अनुसार आज २१२ कम्पनीको ७३ हजार ५९८ पटक कारोबार भएर ७ अर्ब २९ करोड ६७ लाख ६० हजार १५६ रुपैयाँ बराबरको १ करोड ५८ लाख ५३ हजार ९३३ कित्ता शेयर खरिद विक्रि भएको छ ।

आज सबै भन्दा धेरै अपर तामाकोशीको ३४ करोड ७५ लाख भन्दा धेरैको कारोबार भएको छ । कम्पनीको प्रतिशेयर मुल्य ९ सय ८ रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot