Logo

माधवकुमार कमरेडले आफूलाई सुधार्नुपर्छः विष्णुप्रसाद रिमाल, नेकपा एमाले नेता



काठमाडौं, २३ चैत्र । नेकपा एमालेका प्रभावशाली नेता समेत रहेका प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले पार्टी शुद्धिकरण अभियानमा रहेको बताएका छन् । उनले एमाले शुद्धिकरण अभियानमा रहेको बताए । नेता रिमालसँग ऋषि धमलाले रेडियो एनआरएनका लागि गरेको कुराकानीः

माधवकुमार नेपाल र झलनाथ खनालले धमाधम समानान्तर कमिटी गठन गरिरहनुभएको छ । ल भन्नुहोस् त नेकपा एमाले फुटेकै हो ?
एमालेको कमिटी एमालेले वनाउँछ । अहिले माधवकुमार नेपाल हाम्रो पार्टीको पहिलेको नेता हुनुहुन्छ उहाँलाई छ महिनाको लागि पार्टीले निलम्बित गरेको छ । त्यसैले गर्दा उहाँहरुले साथीहरुलाई दिग्भ्रमित पार्ने काम गरिराख्नुभएको छ । यहाँभन्दा धेरै केही पनि भन्दिनँ ।
होईन, उहाँहरुले देशभर समानान्तर कमिटी गठन गरेर जानुभएको छ ?
उहाँहरु पहिलेको ठुलो नेता हो अहिलेको होईन । उहाँहरुले त्यस्तै कार्य गरिरहनुभएको छ र केहि मान्छेले त्यसलाई साथ गरिरहनु भएको छ । के भन्नु र धेरै सबैलाई थाहा भईहाल्छ नि पार्टीको काम त पार्टीले नै गर्ने हो नि । एक जना व्यक्तिले गरको कुरामा हामीले के भन्न मिल्छ र ? हामीले के भन्नु छ र ?
माधवकुमार नेपालले त अब केपी ओलीसँग मिलेर जान सकिदैन उहाँलाई परास्त गर्नुपर्छ भनिरहनु भएको छ ?
हो उहाँलाई सम्झौता गर्न आउनुहोस् भनेकै छ नि । उहााँई पार्टीले भनेको छः पार्टी हित विपरित काम गर्नुभयो, तपाईले पार्टी विरोधी गतिविधि गर्नुभयो, त्यसैले तपाईँले यस्ता गतिविधि बन्द गर्नुहोस्, तपाइँलाई पार्टीले छ महिना निलम्बित गरेको छ । त्यसैले उहाँले सोच्ने विषय भनेको उहाँहरु विधि पद्धतिको कुरा गर्ने नेताहरु हुनुहुन्छ । उहाँहरु विधिप्रद्धति मान्ने विधिपद्धतिको कुरा गर्ने नेताहरुले यस्तो गर्न सुहाउादै सुहाएन नि पछि उहाँलाई नै अप्ठ्यारो पर्ने कुरा हो ।
उहाँले प्रधानमन्त्रीको कुरा मान्नुभएको छैन ? एमालेलाई २०७५ साल जेठ २ गतेको अवस्थामा नपुर्याएसम्म आफ्नो सहकार्य र सम्झौता हुँदैन भन्नुभएको छ नि ?
उहाँलाई सम्झौता सहकार्य भनेकै छैनौं । पार्टीको अनुशासनमा अनुसार चल्नुहोस् मात्रै भनेका छाँै । उहाँहरुले पहिले जे जे भन्नुहन्थ्यो नि विधि प्रकृया अनुार चल्नुपर्छ भनेर हामीले पनि त्यही भनेका हौँ पाटीको विधि प्रक्रिया अनुसार चल्नुपर्छ । विधि र प्रकृया विपरित नचल्नुहोस् भन्ने हाम्रो उहाँलाई सुझाव छ ।
झलनाथ खनाल जस्तो वरिष्ठ नेताले पनि त माधवकुमार नेपालसंग समानान्तर कमिटी गठन गरेर चलिरहनु भएको छ नि त ? तपाईको पार्टी भित्र धेरै किसिमका समस्या हरु छन् ?
हामीले त्यसमा धेरै ध्यानदिएका छैनौं । एमालेले आफ्नो काम गर्छ । एमाले आफनो तरिकाले अगडि बढ्छ । कुनै नेताहरुले कमजोरी गर्दै हुनुहुन्छ भने सुध्रिनुहोस् भनेर भन्छौ । सुध्रिनु भएन भने पार्टीका प्रकृयाहरु हुन्छन । प्रकृया अनुसार गइहाल्छ नि । यहाँ भन्दा बढी धेरै भन्नु परेन ।
त्यसोभए उहाँहरु सुध्रिनुभएन भने तपाईहरु उहाँहरुको सांसद् पदपनि खारेज गर्नु हुन्छ ?
सुध्रिनुहोस् भनेका छौ । त्यसमा त्यहाँभन्दा बढी कसैले गर्नुभएन नि ।
माधवकुमार नेपालले भनिरहनुभएको छ ? केपी ओलीको सरकारले जनताको पक्षमा काम गर्न सक्दैन यसलाई हटाउनु पर्छ ?
त्यो त अहिलेको कुरा होइन नि यस्तो त डेढ वर्ष दुई वर्ष देखि भनिरहनु भएको छ । पार्टी विरोधि गतिविधि भनेको त्यही होईन र ? पाटीका कमिटीहरुलाई नमान्ने, पार्टीका कमिटी हरुलाई भत्काउने विरोधिहरुसंग मिलेर पार्टी विरोधि गतिविधिहरु गर्ने ? यीनै कुरा त भनेको हो । यो नगर्नुहोस्् भनेर उहाँहरुलाई भनिएको छ । किनभने उहाँहरु नै पार्टीको नेता भएर उहाँहरुले नै सिकाएको तरिकाले उहाँहरुलाई कारबाही होला । त्यो त वर्षपछिको कुरा भयो । अहिले त पाटीले उहाँहरुलाई पार्टीले निलम्वन गरेको छ । खास गरेर माधवकुमार कामरेडले अफूलाई सुधार्नु पर्यो । त्यो हिसाबले जानु पर्यो ।
एमाले पार्टीको पछिल्लो समयको यो गुट उपगुटले एमाले पार्टीलाई कहाँ पुर्याउँछ ?
एमाले पार्टी अहिले शुद्धिकरण अभियानमा छ । एमाले पार्टी भित्र अराजकता स्वीकार्य छैन । एमाले पार्टीभित्र गेटबन्दी स्वीकार्य छैन । एमाले भनेको गुटहरुको महासंघ होईन । त्यसैले गर्दा एमाले भित्र गुटबदी गर्ने र गुट स्वीकार्ने गर्यो भने पार्टीले त्यसमा आफ्नो निर्णय लिइहाल्छ नि ।



प्रतिक्रिया दिनुहोस्