Logo

ईन्जिनियर्स एशोसियसनको चुनाव, प्रदेश २ मा झाको नेतृत्वमा एमाले-जसपाको संयुक्त उम्मेद्धवारी



काठमाडौं, २३ चैत्र । ईन्जिनियर्स एशोसियसनको आगामी बैशाखमा हुने निर्वाचनको लागि सत्तारुढ नेकपा (एमाले) र विपक्षी दल जनता समाजवादी पार्टी, नेपालका जनसंगठनबीच चुनावी तालमेल भएको भोलिपल्ट आज आज इ. भगवान झाको नेतृत्वमा प्रदेश–२ मा संयुक्त उम्मेदवारी दर्ता भएको छ ।

प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसन र राष्ट्रिय इन्जिनियर संघबीच सहमति, निर्वाचनमा संयुक्त प्यानल बनाउने

हिजोमात्रै, जसपाका जनसंगठन राष्ट्रिय इन्जिनियर संघ र एमालेका जनसंगठन प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसन बीच ईन्जिनियर्स एशोसियसनको चुनावमा संयुक्त प्यानल बनाउने सहमति भएको थियो । सोहीअनुरूप आज इ. भगवान झाको नेतृत्वमा प्रदेश–२ संयुक्त उम्मेदवारी परेको हो ।

सि.डि.ई. झा प्रदेश २ को विकासको लागि अहोरात्र खटिँदै आएका छन् । विकास अभियन्ताको रुपमा प्रसिद्ध रहेका झा प्रदेशभरि नै सबैको प्रिय छन् । यही भएर झा नेतृत्वको संयुक्त प्यानलको जित सुनिश्चत रहेको चर्चा चल्न थालेको छ। र, ईन्जिनियरहरु झाको उम्मेद्धवारी दर्ताबाट उत्साही भएका छन् । र, झा नेतृत्वमा आए ईन्जिनियरिङ पेशा मर्यादित बन्नेमा पनि उनीहरु विश्वस्त छन् ।



प्रतिक्रिया दिनुहोस्