Logo

जेठ–असारमा कोरोना भाइरस उच्चविन्दुमा पुग्छः मन्त्री त्रिपाठी



काठमाडौं, चैत २४ । सरकारले केही दिनयताको तथ्याङ्कको आधारमा कोरोना भाइरसको संक्रमण बढेको बताएको छ । सरकारले आगामी जेठ–असारमा कोरोना भाइरसको संक्रमण फेरि उच्चविन्दुमा पुग्नसक्ने आँकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले संक्रमण बढे पनि अहिले नेपालको अवस्था आतंकित हुनुपर्ने अवस्था नरहेको दाबी गरे ।

सोमबार संसद् बैठकलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री त्रिपाठीले अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ असारमा अर्को उच्च विन्दुमा पुग्नसक्ने बताए । यसअघि कात्तिक महिनामा संक्रमण उच्च थियो । कात्तिक ५ गते एकैदिन ५ हजार ७ सय ४३ नयाँ संक्रमित भेटिएका थिए भने १० गते पोजेटिभिटी रेसियो (परीक्षणका आधारमा संक्रमितको अनुपात) ३५ प्रतिशत थियो ।माघ पहिलो साता न्यून बिन्दुमा पुगेको संक्रमण फेरि बढ्न थालेको छ ।

सोमबार देशभरमा २ सय ६६ नयाँ संक्रमित भेटिएका छन् । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot