Logo

आज ३ सयले बढ्यो सुनको मुल्य



काठमाडौं, २४ चैत्र । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । सोमबार प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको आज ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, हिजो ८६ हजार ७५० रुपैयाँमा खरिद विक्रि भएको तेजाबी सुन आज ८७ हजार ५० रुपैयाँमा कारोबार भएको छ । महासघको अनुसार चाँदी प्रतितोला आज १२ सय ३५ रुपैयाँमा कारेबार भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्