Logo

सरकार बनाउनको लागि अहिले माओवादी केन्द्रको कोर्टमा बल छ : डा. संग्रौला (भिडिओसहित)



काठमाडौं, २४ चैत्र । नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा. डिला संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पूनःस्थापना भएपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्नेमा त्यसो नगरेको भन्दै प्रधानमन्त्रीको आलोचना गरेकी छिन् ।

पार्टीले प्रधानमन्त्री ओलीलाको राजीनामा मागेको र आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको पनि उनले सुनाईन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले नयाँ सरकार बनाउनको लागि अहिले बल नेकपा (माओवादी केन्द्र) को कोर्टमा रहेको पनि सुनाईन् ।



प्रतिक्रिया दिनुहोस्