Logo

१ अर्ब २५ करोडको ऋणपत्र जारी गर्दै मुक्तिनाथ विकास बैंक



काठमाडौं, २४ चैत्र । मुक्तिनाथ विकास बैंकले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १ अर्ब २५ करोड रुपैयाँको बराबरको ऋणपत्रमा जारी गर्न लागेको हो ।

प्रति ऋणपत्र एक हजार रुपैयाँको दरमा १२ लाख ५० हजार कित्तामा व्यक्तिगत तबरबाट ७ लाख ५० हजार कित्ता र सर्वसाधारणको लागि ५ लाख कित्ता बिक्रि गर्ने बैंकले जनाएको छ ।
बैंकको अनुसार सर्वसाधारणको लागि छुट्टाइएको ५ लाख कित्ता मध्ये २५ हजार कित्ता म्युर्चुअल फण्डको लागि छुट्टाइएको छ ।  बाकी रहेको कित्ता सर्वसाधारणका लागि बिक्रि गर्ने भएको छ । बैंकले ऋणपत्र विक्रि तथा प्रवन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्