Logo

कुमारी बैंकका ग्राहकलाई कैलाली हस्पिटलमा विशेष छुट



काठमाडौं, २४ चैत्र । कुमारी बैंक र कैलाली हस्पिटलबीच स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकले ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले धनगढीस्थित कैलाली हस्पिटल प्राइभेट लिमिटेडसँग सभ्झौता गरेको जनाएको छ ।

बैंकको सुदूरपश्चिम प्रदेशका प्रमुख दिपक खनाल र कैलाली हस्पिटल प्राइभेट लिमिटेडका जनक राज जोशीले समझदारी पत्रमा सम्झौता गरेका हुन् । उक्त सम्झौता अनुसार कैलाली हस्पिटल प्राइभेट लिमिटेडमा ओ. पि. डि., बेड चार्जेज, एक्स– रे, एन्डोस्कोपी लगायत विभिन्न स्वास्थोपचार सेवा शुल्कमा सेवाग्राहीले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

बैंकले आफ्ना देशव्यापी १९३ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता गरेको छ ।



प्रतिक्रिया दिनुहोस्