Logo

जबरजस्ती करणी गर्ने कालिकोटे पक्राउ



काठमाडौं, २४ चैत्र । जबरजस्ती करणी गरेको अभियोगमा कालिकोटे पक्राउ परेका छन् । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा फुङलिङ नगरपालिका–३ मेदिबुङ बस्ने मिने भन्ने २६ वर्षीय महेन्द्र कालिकोटेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

महेन्द्रले ती बालिकालाई सोही नगरपालिका-४ स्थित जंगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्