Logo

लागूऔषध सहित दुई पक्राउ



झापा, २४ चैत्र । अवैध लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर नगरपालिका–६ गैरीगाउँबाट करिब ४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जना सोमबार दिउँसो पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा कन्काई नगरपालिका–३ बस्ने ३६ वर्षीय रोशन यादव र सोही नगरपालिका–५ बस्ने २१ वर्षीय समिर लिम्बु रहेका छन् । ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्