Logo

बादल किन प्रचण्डको कारबाहीमा परेनन् ?



काठमाडौं, २४ चैत्र । नेकपा माओवादी केन्द्रले पार्टी छाडेका सांसदहरुलाई कारबाही गरेको छ । माओवादी केन्द्रले संसद सचिवालयलाई पत्राचार गरी सांसद पद नै नरहने गरी निष्काशन गरेको पत्र पठाएको छ ।

निष्काशितहरुमा प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सांसदहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रमु साह र गौरीशंकर चौधरी छन् । उनीहरु प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री छन् ।

माओवादीले चारजना सांसदमाथि कारबाही गरेपनि गृहमन्त्री रामबहादुर थापा बादलमाथि कारबाही गरेको छैन । बादल माओवादी केन्द्र छाडी नेकपा एमालेमा बागमती प्रदेश कमिटीका संयोजक पदमा छन् । उनी राष्ट्रिय सभा सांसद पनि हुन् । माओवादी केन्द्रका तर्फबाट सांसद बनेका बादलमाथि कारबाही नहुनुलाई अर्थपूर्ण मानिएको छ ।

कारबाहीको पत्रमा बादलको नाम नरहेपछि धेरैको चासो बढेको छ । उनी कतै माओवादी केन्द्रमै फर्कने सम्भावना त होइन ? तर, बादलले प्रचण्डको चर्को आलोचना गर्दै आएका छन् । उनको फर्कने सम्भावना कम छ । बादललाई अर्को चरणमा कारबाही गर्ने सम्भावना पनि रहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्