Logo

दीपाश्री निरौलाको फेसबुक ह्याक गर्ने १४ वर्षीय किशोर पक्राउ



काठमाडौं, २४ चैत्र । फिल्म निर्मात्री तथा कलाकार दीपाश्री निरौलाको फेसबुक ह्याक गर्ने १४ वर्षीाय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । केही दिन अघि दीपाको फेसबुक ह्याक भएको थियो ।

दीपाले अनाधिकृत रुपमा फेसबुक एकाउण्टमा पहुँच पुर्याएर आफन्तहरुलाई रकम माग गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । आज प्रहरीले फेसबुक ह्याक गर्ने पर्साका १४ वर्षीय किशोरलाई पक्राउ गरेको छ । किशोरमाथी विद्युतिय ऐन २०६३ अनुसार काठमाडौंबाट २ दिन म्याद थपेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्