Logo

रूकुम पश्चिमबाट प्रचण्डले भने–‘खबरदार सिंहदरबार !’ (भिडिओसहित)



काठमाडौं, २४ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको बलमा नै संसद् पूनःस्थापना भएको स्पष्ट पारेका छन् । तर, उपलब्धि सिध्याउनको लागि अझैपनि षड्यन्त्र जारी रहेको उनको टिप्पणी छ । रुकुम पश्चिम ३२औं जनआन्दोलन दिवसका सन्दर्भमा आयोजित “आर्थिक समृद्वि,सामाजिक,साँस्कृतिक रुपान्तरणका लागि जनप्रशिक्षण कार्यक्रम” लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले अहिले भैरहेको षड्यन्त्रलाई परास्त गर्नुपर्नेपनि बताए । सिंहदरबारमा बसेकाहरुलाई सुन्नेगरि भन्छु भन्दै प्रचण्डले थपे,‘खबरदार सिंहदरबार ।’ उनले आफूले थोरै समय काठमाडौंलाई र धेरै समय जनताको काखमा बस्ने अठोट गरेको पनि सुनाए । उनले आफू कुनैपनि हालतमा नझुक्ने विश्वास दिलाए । उनले अहिलेपनि जनताको तागतले मात्रै प्रतिगमनलाई परास्त गर्ने विश्वास दिलाए ।

बादलतर्फ संकेत गर्दै प्रचण्डले भनेः ममाथि बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गल्ती गरेँ (भिडियोसहित)

उनले आफूलाई दुःखमा साथ दिनेहरुलाई साद दिनुको साटो अवसरवादीहरुलाई ठाउँ दिएको भन्दै आफूबाट गल्ती भएको स्विकार्दै आत्मआलोचनासमेत गरे । उनले भने,‘मलाई दुःखमा बचाउने, जस्तोसुकै अप्ठ्यारोमा साथ दिनेहरु अलिक ओझेलमा पर्नुभयो, तर जालीझेलीहरुलाई मैले अवसर दिएँ । म बाट गल्ती भएकै हो । मलाई गद्दार भन्नेहरु, २०७० को चुनावमा ममाथि बम प्रहार गर्ने साथीहरुलाई, गृहमन्त्री बनाएँ, तिनीहरु अहिले विकाउ माल साबित भए, मैले तपाईँहरुलाई नै अगाडि बढाउनुपर्ने थियो । नियुक्ती र पार्टीमा पदोन्नती गर्दा, या मन्त्री बनाउँदा आफूलाई दुःखमा साथ दिनेहरुलाई नै प्राथमिकता दिनुपर्ने थियो । म बाट गल्ती भएकै हो । म आत्मआलोचना गर्छु ।



प्रतिक्रिया दिनुहोस्