Logo

बादललाई पनि कारबाही गर्ने निर्णय भैसकेको छ, उहाँ ओलीको मतियार हुनुभयो : देव गुरुङ (भिडिओसहित)



काठमाडौं, २५ चैत्र । नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पार्टीबाट मन्त्री बनेका सांसदहरुले दल परिवर्तन गरेकोले आफूहरुले चार जना सांसदलाई कारबाही गरेको स्पष्ट पारेका छन् । आफूहरुले दलीय विधानअनुसार नै कारबाही गरेको उनको भनाई छ ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग् कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले गृहमन्त्रीसमेत राष्ट्रियसभाका सदस्य रामबहादुर थापा बादललाई समेत कारबाही गर्ने निर्णय भैसकेको जनाए । र, अब एक/दुई दिनभित्रै संसद् सचिवालयमा पत्र जाने गुरुङले जनाए ।

उनले बादल प्रतिगमनको मतियार बनेको आरोप लगाए । उनले भने,‘उहाँ प्रतिगमनको मतियार हुनुभयो । ओलीको मतियार हुनुभयो । विचार र प्रवृत्तिको हिसाबले बादलजीले जुनखालको दिशा लिनुभयो, उहाँ राष्ट्रघाती र जनघाती कदम चाल्ने ओलीको मतियार हुनुभयो ।



प्रतिक्रिया दिनुहोस्