Logo

पहेँलो धातु र बालासहित विमानस्थलबाट एक पक्राउ



काठमाडौं, २५ चैत्र । सुन जस्तो देखिने पहेँलो धातु र बाला सहित एकजना काठमाडौंबाट पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार एरियाबाट करिब ८८४.४५० ग्राम सुन जस्तो देखिने पहेँलो धातु र करिब ४९.५५ ग्राम सुन जस्तो देखिने बाला १ थान सहित धनुषा घर भएको ३४ वर्षीय प्रकाश महरालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

फ्लाई दुवई एयरलाईन्सको उडानद्वारा दुवईबाट काठमाडौं आएका उनलाई अराईभल भन्सार एरियामा जाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको उक्त परिमाणको धातु र बाला सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्