Logo

मानव वेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ



बारा, २५ चैत्र । मानव वेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । मानव वेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी खुटुवा जब्दी गाविस(८ बस्ने ४५ वर्षीय वीरेन्द्र महतो धानुकलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

२०६४ साउन २९ गते राती बारा प्रसौनी गाविस–७ स्थित रहेको किराना पसल बन्द गरी घरतर्फ जाँदै गरेका खुटुवा जब्दी गाविस–८ बस्ने बलिराम साहलाई धानुक समेतका १० जनाले हातहतियार देखाई अपहरण गरी २० लाख रुपैयाँ रकम माग गरी बन्धक बनाई राखेको अवस्थामा २०६४ भदौ ३० गते साह भाग्न सफल भएका थिए ।

उक्त घटनामा संलग्न रही फरार रहेका धानुकलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्