Logo

ललितपुरको श्री जल विनायक इन्टरप्राइजेज बन्यो लुमिनसको डिलर अफ दि मन्थ



काठमाडौं, २५ चैत्र । लुमिनस पावर ब्याकअप सोलुसन र सनवर्थ सोलार प्यानलको लागि नेपालको आधिकारिक बिक्रेता अमट्रेड प्रा लीले श्री जल विनायक इन्टरप्राइजेज ललितपुरलाई मार्च महिनाको ‘डिलर अफ त मन्थ’ सम्मान प्रदान गरेको छ ।

आफ्नो बार्षिक बजारीकरण योजना अन्तर्गत कम्पनीले निर्धारण गरेको मापदण्ड भित्र रहेर हरेक महिना उच्च कारोवार गर्ने डिलरलाई उक्त सम्मान प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । मार्च महिनामा उक्त स्थान हासिल गर्न सफल श्री जल विनायक इन्टरप्राइजेज नःटोल, ललितपुरका संचालक राजिप महर्जनलाइ अमट्रेड प्रालिका सह–महाप्रवन्धक योगराज ढुङ्गानाले एक कार्यक्रमबिच सधन्यवाद सम्मानपत्रको साथमा पुरस्कार प्रदान गरेका हुन् ।

संचालक महर्जनका अनुसार लुमिनस ब्राण्डको पावर ब्याकअप सोलुसनको गुणस्तर, अमट्रेड प्रा लीले प्रदान गर्ने उत्कृष्ट सेवासुविधा र गतिविधी अनि आँफुजस्तै डिलरहरुको व्यवसायिक लगावले नै बजारमा डिलर, ब्राण्ड र कम्पनीलाई स्थापित बनाएको छ ।

सह–महाप्रवन्धक ढुङ्गानाका अनुसार सन २०२१ भर संचालन हुने विभिन्न बजारीकरण गतिविधि मध्ये हरेक महिना प्रदान गरिने डिलर अफ त मन्थको सम्मान बिशेष रहेको र देशभरका डिलरहरु यसबाट उत्साहित बनेका छन। यसैगरि आफ्ना सबडिलरहरुको निमित्त अमट्रेडले छुट्टै योजना संचालनमा ल्याएको छ । उक्त योजनामा सहभागी हुन चाहने सबडिलरले नजिकको आधिकारिक डिलर वा कम्पनी प्रतिनिधिसंग सम्पर्क गरेमा आवश्यक सम्पुर्ण व्यवस्था कम्पनी आँफैले मिलाउने अमट्रेड प्रालीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्