Logo

मेगा बैंकका ग्राहकलाई टर्कीस एयरलायन्समा मिल्नेछ यस्तो छुट



काठमाडौं, २५  चैत । मेगा बैंकका ग्राहकलाई टर्कीस एयरलाइन्समा विशेष छुट मिल्ने भएको छ । टर्किस एयरलायन्सले मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई हवाई यात्रामा विशेष छुट दिने भएको हो । मेगा बैंक नेपाल लिमिटेडकी नायब सिइओ रवीना देशराज श्रेष्ठ र टर्किस एयरलाइन्सका कन्ट्री जनरल म्यानेजर अब्दुल्ला टंकर केसी बीच छुट बारे सम्झौता भएको हो ।

सम्झौता अनुसार, टर्किस एयरलायन्सले मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई आधार भाडादरमा विशेष छुट र अतिरिक्तलगेजको सुविधा पनि दिने भएको छ । यो छुट टर्किस एयरलायन्सको काठमाडौंबाट उडान हुने अमेरिका र युरोपियन देशमा लागू हुने सम्झौतामा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्