Logo

विद्यालय फेरि बन्द हुनसक्ने



काठमाडौं, २५ चैत्र । विद्यालयलगायत शैक्षिक संघसंस्थाहरु फेरि बन्द हुन सक्ने भएको छ । स्वास्थ्य मन्त्रालयले विद्यालय जाने उमेर समूहमा कोरोना भाइरसको संक्रमण बढ्दो रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेसँगै बन्द हुने सम्भावना देखिएको हो ।

आज स्वास्थ्य मन्त्रालयले सूचना जारी गरी काठमाडौं, पोखरालगायतका ठूला सहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढ्दो रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । पछिल्लो समय प्रयोगशालाहरुको परीक्षणबाट विद्यालय जाने उमेर समूहका बालबालिकामा संक्रमण बढेको तथ्यांक उल्लेख छ ।

देशभरका अधिकांश विद्यालय फागुनयता संचालनमा छन् । तर, कतिपय विद्यालयहरुले अझै पनि अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् ।

कोरोना भाइरसको दोस्रो लहर आएपछि अस्पतालहरुमा विरामीको चाप बढेको छ । योसँगै सरकारले सतर्कता अपनाउन आग्रह गरेको हो । स्वास्थ्य मन्त्रालयले बढी भीडभाड हुने स्थानहरुमा जनस्वास्थयको मापदण्डमा अति कडाइका साथ पालना गरेर मात्र सञ्चालन गराउने व्यवस्थाको आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्