Logo

देउवा र प्रचण्डलाई पूर्वमन्त्री पासवानको सुझाव : सके ओलीको विकल्प खोज, नभए निर्वाचनमा जाऔं



काठमाडौं, २५ चैत्र । बहुजन शक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवानले अहिले राजनीति अस्थिर र अनिर्णयको बन्दी बन्नुमा प्रमुख दलका शीर्ष नेताहरु उत्तिकै जिम्मेवार रहेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत पूर्वमन्त्री पासवानले यस्तो धारणा राखेका हुन् ।

उनले भनेका छन्,‘अहिलेको राजनीतिक परिदृश्य हेर्दा देश यसरी अनिर्णयको बन्दी बन्नुमा केपी ओलीमात्रै होईन प्रचण्ड, शेरबहादुर देउवा, महन्थ, उपेन्द्र र बाबुरामपनि दोषी हुन । शीर्ष नेताहरु पद र प्रष्ठिाको लागि केन्द्रित हुँदा अहिलेको समस्याको गाँठो फुक्न सकेको छैन् । जसपाको भरोसा कसैले नगर है ।’

पूर्वमन्त्री पासवानले अहिले सत्ता समिकरणको निर्णायक शक्ति रहेको जनता समाजवादी पार्टी, नेपाललाई भने भरोसा गर्न नहुने पनि संकेत गरेका छन् । उनले स्पष्ट रुपमा जसपाको भरोसा नगर्न प्रमुख दलहरुलाई आग्रहसमेत गरेका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्