Logo

देउवा-पौडेल घोचपेच



काठमाडौं, २५ चैत्र । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच घोचपेच भएको छ । त्यो पनि दिवंगत नेता नवीन्द्रराज जोशीको श्रद्धाञ्जली सभामा । राजधानीमा आज आयोजित श्रद्धाञ्जली सभामा पौडेलले देश र काँग्रेसको अवस्थाबारे टिप्पणी गरे ।

पौडेलले लोकतन्त्र, देश र नेपाली काँग्रेस नै संकटमा परेको बताए । उनले भने,‘मुलुकमा लोकतन्त्र संकटमा छ, देश संकटमा छ र नेपाली काँग्रेस पनि संकटमा छ ।’
पौडेलले काँग्रेस संकटमा रहेको भनेपनि देउवा आक्रोशित भए । उनले पार्टीको आन्तरिक विषय श्रद्धाञ्जली सभामा आएर बोल्ने ? भन्दै आलोचना गरे । उनले काँग्रेस संकटमा नभएको र ठिक निर्णयका साथ अगाडि बढेको दाबी गरे ।

पछिल्लो समय काँग्रेसभित्र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा विवाद चलिरहेको छ । देउवा कि आफै प्रधानमन्त्री बन्ने नभए सत्ता समिकरणको प्रस्ताव गरिरहेका अन्य दलका नेताहरुलाई नछाड्ने पक्षमा देखिएका छन् । पौडेल भने सत्ता समिकरणका लागि लचिलो हुनुपर्ने पक्षमा उभिएका छन् ।



प्रतिक्रिया दिनुहोस्