Logo

अन्तःशुल्क स्टीकर छपाइ विवादः सर्वोच्च अदालतद्वारा रीट खारेज



काठमाडौं, चैत २६ ।विदेशी कम्पनीलाई अन्तःशुल्क स्टीकर छपाइको जिम्मा दिनेगरी आन्तरिक राजस्व विभागले अघि बढाइएको प्रक्रिया रोक्न भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

सरकारले स्टीकर छपाइको काम नेपाली कम्पनी अर्थात् जनक शिक्षा सामग्री केन्द्रबाट गर्न थालेपछि न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको इजलाशले रिट खारेज गर्ने अन्तिम फैसला सुनाएको हो । पछिल्लोपटक गत असोज २८ गते विभागले अन्तरराष्ट्रिय बोलपत्रमार्फत स्टीकर छपाइका लागि आह्वान गरेको थियो । विभागले आह्वान गरेको बोलपत्रको समय मङ्सिर १४ गतेसम्म रहेको थियो ।

बोलपत्रको अन्तिम दिन नेपाली व्यवसायी मिराज प्रिन्टिङका तर्फबाट मनोहरराज घिमिरेले दायर गरेको रीटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलाशले आन्तरिक राजस्व विभागलाई अन्तःशुल्क स्टीकर छपाइका लागि गरेको टेन्डर रोक्न अल्पकालीन आदेश दिएको थियो ।

अन्तिम फैसला सर्वोच्चबाट आए पनि पूर्ण फैसला अझै सार्वजनिक गरिएको छैन । सर्वोच्चले रीट खारेज गरेसँगै आन्तरिक राजस्व विभागले तत्काल अन्तःशुल्क छपाइको जिम्मा विदेशी कम्पनीलाई दिनेगरी मात्रै प्रक्रिया अघि बढाउन नपाउने सर्वोच्चका अधिकारीहरूको भनाइ छ ।

सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार सरकारले विदेशी कम्पनीलाई मात्रै ठेक्का दिनेगरी प्रक्रिया अघि बढाउन पाउने छैन, नेपाली कम्पनीहरूलाई समेत सहभागी गराउनुपर्ने वातावरण बनाउनुपर्नेछ । यसअघि पनि अन्तःशुल्कसँग जोडिएका मुद्दामा नेपाली कम्पनीहरूलाई समेत प्रक्रियामा सामेल गर्नेगरी टेन्डर अघि बढाउन सर्वोच्चले सरकारका नाममा पटकपटक आदेश दिँदै आएको छ ।

तर, राजस्व विभागले नेपाली व्यवसायीसँग विभागलाई चाहिएजस्तो सुरक्षाको फिचर रहने गरी छपाइको सामथ्र्य नभएको बताउँदै आएको छ । अन्तशुल्क स्टीकर छाप्नका लागि आह्वान गर्ने गरेको टेन्डर सूचनामा नेपाली व्यवसायीले पूरा गर्न नसक्ने खालका शर्तहरू राखेर अन्तरराष्ट्रिय बजारका केही सीमित व्यक्तिका बीचमा मात्रै प्रतिस्पर्धा गराउने गरी विभागले टेन्डर प्रकाशित गरेको भन्दै नेपाली व्यवसायीहरूले विरोध गर्दै आएका छन् ।

स्टीकर छपाइका सम्बन्धमा संसद्को सार्वजनिक लेखासमितिले समेत स्वदेशमै छाप्ने गरी प्रक्रिया अघि बढाउन सरकारका नाममा निर्देशन दिँदै आएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्