Logo

शिक्षामा कम्तीमा २० प्रतिशत बजेट छुट्याउन माग



काठमाडौं, चैत २६ । आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट निर्माणमा जुटेको सरकारसँग विद्यार्थी संगठनले शिक्षा क्षेत्रमा कम्तीमा २० प्रतिशत बजेट छुट्याउन माग गरेको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आगामी बजेटका सन्दर्भमा शिक्षा क्षेत्रमा समेटिनुपर्ने विषयलाई सुझावका रूपमा पेश गर्दै सरकारले शिक्षा क्षेत्रमा छुट्याउँदै आएको बजेट कम भएको भन्दै २० प्रतिशत छुट्याउन माग गरेको हो ।

शिक्षा, स्वास्थ्य र रोजगारीका सवालमा संविधानले गरेको व्यवस्था कार्यान्वयन हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्नेमा संगठनले जोड दिएको छ । त्यस्तै, सरकारी सेवा सुविधा र जागीरमा रहने सबैका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक सरकारी विद्यालयमा भर्ना गर्ने प्रबन्ध मिलाउन भनिएको छ । अर्थमन्त्री विष्णु पौडेललाई भेटेर अनेरास्ववियुका अध्यक्ष ऐन महरसहितका नेताहरूले बजेट जनमुखी र विद्यार्थीको पक्षमा हुनुपर्ने माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्