Logo

बिस्केट जात्रा नरोकिने



भक्तपुर, चैत २६ । भक्तपुरको बिस्केट जात्रा हुने भएको छ। यसअघि जात्रा औपचारिकतामा सीमित गर्ने निर्णय भएको थियो। भक्तपुर नगरपालिका नगरस्तरीय नगर प्रकोप व्यवस्थापन समिति (सिएमसी) र बिस्केट जात्रासँग सम्बन्धित सरकोकावालाको बुधबार बसेको बैठकले जात्रा गर्ने निर्णय गरेको हो।

बैठकले नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्का जात्राअन्तर्गत भैरवनाथ रथ तान्ने, लिंगो उभ्याउने र ढाल्ने जात्रा कोरोना संक्रमण जोखिमलाई ध्यानमा राखी सञ्चालन गर्ने निर्णय गरेको छ।

प्रत्येक वर्ष नयाँ वर्षको चार दिनअघि अर्थात् यो वर्ष वैशाख २८ गते जात्रा सुरु हुनेछ। भक्तपुर नगरको पाँचतले मन्दिरअगाडि राखेर काठैकाठबाट प्यागोडा शैलीमा बनाइएको तीनतले करिब ३० फिट अग्लो भैरवनाथको रथलाई डोरीको सहायताले तानेर जात्रा सुरु हुनेछ।



प्रतिक्रिया दिनुहोस्