Logo

पत्रकार महासङ्घको मतगणना जारी



काठमाडौं, चैत २६ । नेपाल पत्रकार महासङ्घको इतिहासमै पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत बुधबार तीनै तहको निर्वाचन सम्पन्नपछि मतगणना सुरु भएको छ । सङ्घ, प्रदेश र शाखा गरी तीन तहमा १३ हजार १८० मतदाता रहेकामा ९२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ ।

महासङ्घका अध्यक्ष गोविन्द आचार्यका अनुसार १० प्रदेशअन्तर्गत ७६ जिल्ला, ४२ प्रतिष्ठान र १२ एसोसिएटमा एकै चरणमा बुधबार मतदान भएको थियो । यद्यपि कोभिडका कारण विदेशमा रहेका महासङ्घका आठवटा शाखामा निर्वाचन हुन सकेन । महासङ्घको इतिहासमा पहिलो पटक एकै पटक तीन तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको अध्यक्ष आचार्यले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्