Logo

काठमाडौं विश्वविद्यालयमा पुनः अनलाईनबाट पढाई



काठमाडौं, चैत २६ । कोरोना संक्रमण जोखिम बढेपछि काठमाडौं विश्वविद्यालयले पुनः अनलाइन माध्यमबाट पढाउन सुरु गरेको छ । विश्वविद्यालयले बिहीबारदेखि स्कूल अफ साइन्स र इन्जिनियरिङ अन्तर्गतका सबै कार्यक्रमहरुको पढाइ अनलाइनमार्फत् गर्ने निर्णय गरेको हो ।

स्कूल अफ साइन्सका डिन प्रा।डा।कन्हैया झा र स्कूल अफ इन्जिनियरिङका डिन प्रा।डा। मनीष पोखरेलले संयुक्त रुपमा निकालेको सूचनामा चैत २६ गतेदेखि २०७८ वैशाख मसान्तसम्म अनलाइनमाध्यमबाट पढाइ हुने सूचनामा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम