Logo

बलात्कारी र हत्यारालाई संरक्षण गरे सडक आन्दोलन गर्छौः महामन्त्री तिमल्सिना



काठमाडौं, २६ चैत्र । मुगु जिल्लाको सोरु गाउँपालिका वडा नम्वर ८ अवस्थित वाल ज्योति प्रा. वि. मा कक्षा ३ मा अध्ययनरत ९ वर्षिया वालिका लक्ष्मी चौलागाईंको वलात्कार पछी हत्या गरी शव कर्णाली नदीमा फ्यालिएको पाशविक घटनाको नेपाल विद्यार्थी संघले घोर निन्दा र भत्सर्ना गरेको छ । यस्तो क्रुर अपराध र निच घटनामा संलग्न सम्पूर्ण दोषीहरुलाइ तत्काल पक्राउ गरी हदै सम्मको कार्वाही गर्न संघले माग गरेको छ ।

ने. क. पा., एमालेको ओली नेतृत्वको सरकार गठन भए यता विगत ३ वर्षमा लगातार यस्ता घटनाहरु दोहोरिनुले जनताको जिउधन रक्षा गर्ने सवालमा ओली सरकारको उदासिनता उदाङ्गो भएको संघक अध्यक्ष राजिब ढुंगानाको आरोप छ ।

निर्मला पन्त, सम्झना वि. क. र भागिरथी भट्टको वलात्कार गरी हत्या गरिंदा हत्यारा पक्रनुको सट्टा वलात्कारी र हत्याराको संरक्षण गर्न सरकार नै लागि परेकोले हाम्रो समाजमा यस्ता जंगली र पाशविक घटनाले निरन्तरता पाएका भन्दै ने.बि.संघका महामन्त्री बलदेव तिमल्सिनाले वलत्कारी र हत्यारालाइ संरक्षण गरी सत्ताको आयू लम्ब्याउने खेलमा न लागी जनताको जिउधन रक्षा गर्ने सवालमा गम्भीर भएर लाग्न ओली सरकारलाई खवरदारी गरेका छन ।

महामन्त्री तिमल्सिनाले घटनामा संलग्न अपराधीलाई तत्काल पक्राउ गरी हदै सम्मको कार्वाही गर्न ,आगामी दिनमा यस्ता जंगली र क्रुर अपराधका घटना नघट्ने कूराको जनतालाइ प्रत्याभुति गराउन र अझै पनि यो नालायक ओली सरकार बलात्कारी र हत्यारालाइ संरक्षण गर्ने दिशामा अघि वढे सडक आन्दोलन गरी ठेगान लगाउन वाध्य हुने र यसवाट उत्पन्न हुने हरेक परिस्थितिको जिम्मेवारी यो नालायक ओली सरकार हुने गम्भीर चेतावनी दिएका छन ।



प्रतिक्रिया दिनुहोस्