Logo

भोली तीन कम्पनीको साधारण सभा हुँदै



काठमाडौं, २६ चैत्र । भोली (शुक्रबार) तीन कम्पनीको साधारण सभा हुने भएको छ । नेपाल इन्स्योरेन्स, नेशनल हाइड्रोपावर कम्पनीले एकैदिन साधारण सभा गर्ने भएका हुन् ।
याक एण्ड यती होटल लिमिटेडले ४३ औं र ४४ औं साधारण सभा कम्पनी रजिष्ट्रड कार्यालय, लालदरबार मार्गमा एकैदिन गर्ने भएको हो । चैत्त २ गते सभा प्रयोजनार्थ एक दिन बुक क्लोज गर्ने जनाएको छ ।

त्यस्तै, नेपाल इन्स्योरेन्सले एयरपोर्ट होटल सिनामंगलमा साधारण सभा बोलाएको छ । कम्पनीको सभाले शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्ने भएको छ ।
नेशनल हाइड्रोपावरको २४ औं साधारण सभा बालुवाटारस्थित डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेटमा भोली बिहान ११ बजे बस्ने भएको छ ।

सभाले लोअर इर्खुवा हाइड्रोपावर लिमिटेडले आयोजना निर्माण गर्न लिएको ऋण कर्पोरेट ग्यारेन्टी दिने सम्बन्धमा छलफल गर्ने भएको छ । कम्पनीले साधारण सभा प्रयोजनार्थ चैत्त ११ गते एकदिन बुक क्लोज गर्ने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्