Logo

सांसद पद नरहनेगरि कारबाही गरेपछि प्रचण्डमाथि खनिए लेखराज भट्ट, लगाए आरोप (भिडिओसहित)



काठमाडौं, २६ चैत्र । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री तथा नेकपा (एमाले) का नेता लेखराज भट्टले आफूहरुको संसद पद जानेबारे पहिल्यै नै जानकार रहेकोले नेकपा (माओवादी केन्द्र) ले कारबाही गरेकोमा आश्चर्य नलागेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफुहरुको लागि मन्त्री पद ठूलो नभएको भन्दै बरु विचार, दृष्टिकोण ठूलो रहेको जिकिर गरे । उनले आफूहरु अहिलेपनि एकताकै पक्षमा रहेको पनि सुनाए । उनले आफूहरु जनताबाट प्रत्यक्ष निर्वाचित भएर आएको सांसद भएकोले कारबाही गर्न मिल्छ कि मिल्दैन् ? यो बहसको प्रश्न र विषय भएको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot