Logo

सबैका सन्ततिका लागि देश चाहिन्छ भन्ने हेक्का राखौं : डा. आचार्य



काठमाडौं, २६ चैत्र । संविधानविद् डा. भीमार्जुन आचार्यले पछिल्लो समय शक्ति सन्तुलनका लागि बनाईएका निकायहरु आफ्नो दायित्वबाट च्यूत भएको टिप्पणी गरेका छन् । यसले समग्र राज्य प्रणाली नै तहसनहस हुने अवस्था रहेको पनि डा. आचार्यले खतरा औंल्याएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्,‘एउटा व्यक्ति र गुटको सत्ताका लागि शक्ति सन्तुलनका लागि बनाइएका निकायहरु आफ्नो दायित्वबाट च्युत हुँदा समग्र राज्य प्रणाली नै तहसनहस हुने अवस्थामा छ।मुलुकको भविष्यका लागि यो अत्यन्त खतरनाक संकेत हो।तरपनि लम्पटहरूको जयजयकार जारी छ। सबैका सन्ततिका लागि देश चाहिन्छ भन्ने हेक्का राखौं।”



प्रतिक्रिया दिनुहोस्