Logo

टर्कीस एयरलायन्सले मेगा बैंकका कार्ड प्रयोगकर्तालाई विशेष छुट दिने



काठमाडौं, २६ चैत्र । मेगा बैंक नेपालका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले टर्किस एयरलायन्सको हवाई यात्रामा विशेष छुट पाउने भएका छन् । मेगा बैंकका ग्राहकहरुलाई टर्किस एयरलायन्सको हवाई सेवामा प्राथमिकता र छुट दिने सम्झौतामा बैंकको तर्फबाट सिइओ रवीना देशराज श्रेष्ठ र टर्किस एयरलायन्सका कन्ट्री जनरल म्यानेजर अब्दुल्ला टंकर केसीसीले हस्ताक्षर गरेका हुन् ।

बैंकको अनुसार सम्झौता अनुसार, टर्किस एयरलायन्सले मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई आधार भाडादरमा विशेष छुट र एक्सट्रा लगेजको सुविधा दिने भएको छ । यो छुट टर्किस एयरलायन्सको काठमाडौंबाट उडान हुने अमेरिका र युरोपियन देशमा लागू हुने सम्झौतामा उल्लेख गरेको बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्