Logo

प्रधानमन्त्रीको गृहजिल्ला झापामा सत्ताविरोधी पत्रकार दोब्बर मतान्तरले विजयी



काठमाडौं, २६ चैत्र । नेपाल पत्रकार महासंघको चुनावी परिणाम प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी पत्रकारसम्वद्ध संगठनहरुको पोल्टामा धमाधम गइरहेको छ । ओलीनिकट पत्रकारहरुको संगठन प्रेस चौतारीका उम्मेदवारहरु देशका अधिकांश स्थानहरुमा पराजित भएका छन् । केन्द्रको मतगणनामा पनि उनीहरु फराकिलो अन्तरले पछाडि परेका छन् ।

प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा समेत प्रेस युनीयनका एकराज गिरी अध्यक्षमा विजयी भएका छन् । गिरीले प्रेस चौतारीका विशाल नेम्वाङलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गरेका हुन् । गिरीले १५५ मत ल्याउँदा नेम्वाङले ७४ मत प्राप्त गरे ।

गिरी नेपाली काँग्रेस निकट युनीयनका नेता हुन् । गिरीको टिममा माओवादी केन्द्रलगायत दलहरुसँग नजिक पत्रकारहरु रहेका छन् । झापामा २० पदमध्ये १६ पदमा गिरी नेतृत्वको टिम विजयी भएको छ ।



प्रतिक्रिया दिनुहोस्