Logo

अध्यागमनमा भट्टराई, ८ जिल्लामा सिडिओ परिवर्तन (गृहको सरुवा सुचीसहित)



काठमाडौं, २६ चैत्र । गृहमन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा नारायणप्रसाद भट्टराईलाई सरुवा गरेको छ । आज मन्त्रीस्तरको निर्णय अनुसार उनलाई सरुवा गरिएको गृहले जनाएको छ ।

अध्यागमन विभाग आकर्षक कार्यालय मानिन्छ । सरुवा सूचीमा एक नम्बरमा भट्टराईको नाम छ ।

८ जिल्लामा सिडिओ सरुवा गरिएका छन् । सरुवा भएकाहरुमा बाँकेमा शिवराम गेलाल, नवलपरासी पश्चिममा धर्मेन्द्र मिश्र, लमजुङमा होमप्रसाद लुइटेल, बैतडीमा राजेन्द्र देव पाण्डे, रोल्पामा नवराज सापकोटा, डोटीमा सुनिल खनाल, मकवानपुरमा भरतमणि पाण्डे र बाजुरामा गोपाल कुमार अधिकारी छन् ।

गृहले १८ जनाको सरुवा गरेकोमा ९ जना विभिन्न जिल्ला र कार्यालयमा सरुवा गरिएका छन् । गृहमन्त्री रामबहादुर थापा बादलको निर्णयले आजको सरुवा भएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्