Logo

नयाँ सरकार गठनको लागि देउवाले बोलाए भोलिलाई तीन दलको बैठक



काठमाडौं, २६ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा नेपालको बैठक बोलाएका छन् । कांग्रेसनिकट स्रोतले दिएको जानकारीअनुसार सभापति देउवाले भोलि दिउँसो ३ बजेको लागि बैठक बोलाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर नयाँ सरकार बनाउने तीन दलको तयारी छ । तर, सत्ता समिकरणमा निर्णायक शक्ति बनेको जसपा भने यतिवेला कुनै पक्षसँग खुलेको छैन् । जसपाभित्रको आन्तरिक विवादका कारण मुलुकको राजनीतिले सही दिशा लिन सकेको छैन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन् ।



प्रतिक्रिया दिनुहोस्