Logo

नेपाल पत्रकार महासंघ काठमाडौँको अध्यक्षमा सुर्य सुवेदी विजयी



काठमाडौं, २७ चैत्र । नेपाल पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा सूर्य सुवेदी विजयी भएका छन । महासंघ काठमाडौँको बिहीबार राति सम्पन्न मतपरिणामअनुसार प्रतिद्वन्द्वी मोहन पन्तलाई ३३७ मतले पछि पार्दै सुवेदी ७१३ मत ल्याएर विजयी भएका हुन ।

उपाध्यक्षमा रामचन्द्र दुलाल (भाञ्जा), महिला उपाध्यक्षमा अप्सरा गौतम, सचिवमा महेश्वर गौतम, सहसचिवमा अर्जुन डोटेल र कोषाध्यक्षमा अजित अधिकारी विजयी भएका छन् । त्यसैगरी, खुला सदस्यमा बुद्ध योञ्जन लामा, रमेशकुमार बोहरा, रमेश लामिछाने, रीना श्रेष्ठ र शैलेश डङ्गोल, कमलराज राई, कृष्णप्रसाद ढुङ्गेल, कृष्णराज गौतम, विजयी भएका छन् ।

त्यस्तै, मधेशी सदस्यमा मीनाकुमारी यादव, दलित सदस्यमा शोभा नेपाली, समावेशी सदस्यमा दीपक काफ्ले र महिला सदस्यमा शोभा अर्याल विजय भएका हुन् । देशभरको सबैभन्दा धेरै मतदाता रहेको काठमाडौँ शाखाको बुधबार सम्पन्न निर्वाचनमा १२ सय ३४ मत खसेको थियो ।



प्रतिक्रिया दिनुहोस्