Logo

सिंगटी हाइड्रोको आईपीओ बाँडफाँट, १२ लाखको हात खाली



काठमाडौं, २७ चैत्र । सिंगटी हाइड्रोपावर इनर्जी लिमिटेडले आईपीओ बाँडफाँट गरेको छ । आज ११ बजेपछि आईपीओ बाँडफाँड गरेको बिक्रि तथा प्रबन्धक मेगा क्यापिटलले जनाएको छ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले जारी गरेको आईपीओमा १५ लाख २३ हजार ४५० जनाले आवेदन दिएका थिए ।

योग्य १५ लाख ५९ हजार ८ सय २ जनाको आवेदन मध्ये १० कित्ताको दरले २ लाख ६९ हजार ७ सय जनाले शेयर पाएका छन् । १२ लाख ९८ हजार भन्दा धेरैको हात खाली भएको छ ।
कम्पनीले २९ लाख कित्ता सर्वसाधारणको लागि बिक्रि खुल्ला गरेको आईपीओमा चैत्र ६ गतेदेखि १० गतेसम्म कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गरेको हो । यस अघि कम्पनीले आयोजना प्रभावित स्थानियको लागि आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले जारी गरेको आईपीओ मध्ये १ लाख ४५ हजार सामुहिक लगानीकोष र ५८ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि छुट्टाएपछि बाकी रहेको २६ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको कम्पनीले गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्