Logo

माओवादीले सांसदबाट पदमुक्त गरेका चार मन्त्रीको आज पुनर्नियुक्ति, सपथ ५ बजे



काठमाडौं, २७ चैत्र । नेकपा (माओवादी केन्द्र) ले सांसदबाट पदमुक्त गरेका चार मन्त्रीहरुको आज पुनर्नियुक्ति हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चारै जना मन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई पुनर्नियुक्ति गर्ने तयारी गरेका छन् ।

बालुवाटारनिकट स्रोतकाअनुसार उनीहरुको आजै साँझ ५ बजे सपथ हुने भएको छ। प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था छ । माओवादी केन्द्रले कारबाही गरेको पत्र संसद सचिवालयमा बुझाएको थियो ।

हिजोमात्रै सभामुख अग्नि प्रसाद सापकोटाले पार्टीको सिफारिश बमोजिम चार जना मन्त्रीहरु सांसदबाट पदमुक्त भएको सूचना संसदमा वाचन गरेका थिए । आफूहरुलाई सांसदबाट पदमुक्त गरेपछि चारै जना मन्त्रीहरुले उक्त कदमलाई निरंकुशताको संज्ञा दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्