Logo

गोर्खाज फाइनान्सको साधारण सभा बैशाख २१ गते, लाभांश प्रस्ताव नगर्ने



काठमाडौं, २७ चैत्र । गोर्खाज फाइनान्स लिमिटेडले २६ औं वार्षिक साधारण सभा बैशाख २१ गते बोलाएको छ । कम्पनीको चैत्र २५ गते बसेको सञ्चालक समितिको बैठकले सभा आम्रपाली ब्याक्वेंट इभेन्ट भाटभटेनीमा बिहान ११ बजे गर्ने निर्णय गरेको हो ।

भर्चुअल माध्यमबाट हुने कम्पनीको सभाले कुनै लाभांश तथा हकप्रद शेयर प्रस्ताव नगर्ने जनाएको छ । सभा प्रयोजनार्थ कम्पनीले वैशाख ६ गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्ने भएकोले बैशाख ५ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा सहभागी हुन पाउने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्