Logo

राष्ट्रपति भण्डारीद्धारा चार मन्त्री पुनर्नियुक्त



काठमाडौं, २७ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त भएका चार मन्त्रीलाई आज पुनर्नियुक्त गरेकी छन् । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा टोपबहादुर रायमाझी,उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट, सहरी विकासमन्त्रीमा प्रभु साह, र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा गौरीशंकर चौधरीलाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्ति गरी कार्यभार तोकिएको राष्ट्रपति कार्यालयलयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्