Logo

अनमोललाई लिएर ‘माइतीघर २’ निर्माण गर्दै भुवन केसी



काठमाडौं, २७ चैत्र । चलचित्र अभिनेता तथा निर्माता भुवन केसीले धेरै वर्ष पहिला निर्माण भएको फिल्म ‘माइतीघर’बाट ‘माइतीघर २’ बनाउने भएका छन् । दि सुपर काजोल फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा नायक अनमोल केसीले मुख्य भुमिका निभाउने निर्माण पक्षले जनाएको छ ।

फिल्मको कथा र कलाकारको छनोट भएको बताइएको छ । नयाँ वर्षबाट सुटिङको काम सुरु हुने यो फिल्मलाई सुबोध चोपडाले निर्देशन गर्ने भएका छन् । भुवनले यसअघि पनि दुईटा फिल्म बनाउने घोषणा गरेपनि सुरु गर्न सकेका थिएनन् । अनमोललाई माइतीघर २ को कथा र आफ्नो भुमिका मन परेको स्रोतले जनाएको छ ।

पुरानो फिल्म माइतीघरमा भारतीय अभिनेत्री माला सिन्हा र सिपी लोहनीको मुख्य भुमिका थियो । धेरै वर्ष अगाडीदेखि रिलिज भएको फिल्मलाई चलचित्र विकास बोर्डले हाल डिजिटललाइजेसन गरेको छ । फिल्मको एउटा गीत ‘जुन माटोमा मेरो’ गीत तत्कालिन राजा महेन्द्रले लेखेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम