Logo

प्रधानमन्त्री ओलीलाई विस्थापित गर्नेबारे देउवा र प्रचण्डबीच सहमति बन्यो, जसपाले के गर्ला ?



काठमाडौं, २७ चैत्र । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा नेपालले नयाँ सरकार बनाउने गृहकार्य थालेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा तीन दलको बैठक सुरु भएको छ । आजको बैठकमा नयाँ सरकार बनाउनेबारे ठोस सहमति हुने विश्वास लिईएको छ । माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन छिट्टै फिर्ता लिने बताएको छ । माओवादी निकट स्रोतकाअनुसार अब बस्ने संसद बैठकमै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी छ ।

प्रधानमन्त्री ओलीलाई हटाएर आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको कांग्रेसले सरकार बनाउनेबारे ठोस पहलकदमी गरेको थिएन । तर, आज भने सभापति देउवाले यसको लागि पहल सुरु गरेका छन् । आजको बैठकमा नयाँ सरकार बनाउनेबारे ठोस सहमति हुने सम्भावना छैन् । तर, प्रधानमन्त्री ओलीविरुद्ध तीन दल गठबन्धन बनाएर जानेबारे सहमति हुनसक्ने बुझिएको छ ।

नयाँ सरकार गठनबारे कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सहमति भएको छ । तर, सत्ता समिकरणको लागि निर्णायक शक्ति बनेको जसपाको निर्णयका कारण उनीहरु अलमलमा परेका छन् । जसपाभित्र प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने कि कांग्रेस, माओवादी केन्द्र र जसपाको समिकरण बनाउने भन्नेबारे दुई धार छ । ओलीसँग सहकार्य गर्नुपर्नेमा अध्यक्ष महन्थ ठाकुर देखिएका छन् भने ओलीलाई विस्थापित गरेर कांग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त सरकार बनाउनुपर्ने अडानमा छन् ।

ठाकुरले भने अहिले नै सरकार बनाउनेबारे निर्णय गर्न हतार गर्न नहुने तर्क गर्ने गरेका छन् । उनले आफूनिकट नेताहरुसँग भन्ने गरेका छन्,‘पहिला हाम्रो माग पूरा गरौं । सरकारसँग वार्ता भैरहेको छ । केही समय धैर्य गरौं ।’

 

 



प्रतिक्रिया दिनुहोस्