Logo

२७ विदेशीलाई ओभरस्टेको ५ करोड जरिवाना मिनाहा गर्ने सरकारको निर्णय



काठमाडौं, २७ चैत्र । सरकारले ओभरस्टेवापत् २७ विदेशीले बुझाउनुपर्ने ५ करोड रुपैयाँभन्दा बढी जरिवाना रकम मिनाहा गर्ने निर्णय गरेको छ । २३ चैत्रमा बसेको मन्त्रिपरिषद् बैठकले २७ जना विदेशी नागरिकलाई उक्त जरिवाना मिनाहा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङ्गले मुरटाजी जाफेरीलगायतका ती विदेशी नागरिकहरुले बुझाउनुपर्ने भिसा दस्तुर एवं बिलम्ब शुल्क वापत अमेरिकी डलर ४ लाख ७२ हजार ३ सय ६० र जरिवाना वापतको १३ लाख ५० हजार रुपैयाँ मिनाहा गरेको जानकारी दिए । उनीहरुलाई तीन महिनाभित्र नेपाल छाड्न प्रस्थान अनुमति दिने निर्णय समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्